शिवगंज – नेपाली कांग्रेस झापा क्षेत्र नं. ४ द्वारा आज शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालीहरुका चाडपर्व तिहार, छठ, नेपाल सम्बत, उधौली लगायतको उपलक्ष्यमा आयोजित सो कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै गर्दै कोशी प्रदेश संयोजक गोमा भट्टराईले जबरजस्ती विशेष महाधिवेशन गरेर पार्टीलाई बिभाजितको अवस्थामा पुर्याएको भनाई राख्नुभयो ।

कार्यक्रमका विशेष अतिथी नेपाली कांग्रेस झापाका सभापति कृष्ण हुमागाँईले केन्द्रीय समितिको निर्णय बिपरित, निर्वाचित सभापतिको उपस्तिथि बिना एउटा जिल्ला सभापतिको सभपतित्वमा भएको भनिएको विशेष अधिवेशन प्रक्रिया बिपरित भएकोले सम्मानित सर्वोच्च अदालतले बदर गरेर १४ औं महाधिवेशनबाट निर्वाचित समितिलाई न्याय दिने बिश्वास व्यक्त गर्नु भयो ।
नेपाली कांग्रेसका बैचारिक नेता डाक्टर खगेन्द्र पाण्डव अधिकारीले दुइजना महामन्त्रीको अति महत्वकांक्षाले नेपाली कांग्रेसलाई ठूलो क्षती भएको हुँदा उनीहरुले राजीनामा गरेर पार्टीभित्र एकताको वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।
अग्रज आदिवासी नेता सुर्यनारायण ताजपुरियाले पार्टीलाई कब्जा गरेर जना र कार्यकर्ताको मन र बिचार कब्जा गर्न नसकिने बताउदै दुइजना महामन्त्रीको गतिविधिले काग्रेस पार्टीलाई ९० सिटबाट १८ सिटमा खुम्च्याएको बताउनु भयो ।
नेपाली कांग्रेस झापा ४ नं. क्षेत्रीय सभापति अधिकचन ताजपुरियाको सभापतित्वमा शिवजन्ज जताताचोकस्थित टाइगर हलमा आयोजित सो कार्यक्रमलाई एमालेबाट निर्वाचित वडाध्यक्ष सिकिन पासवान, नेकपा जिल्ला सदस्य निशा लिम्बू, रास्वापाका टेकनाथ अधिकारी लगयतका वक्ताहरुले नेपालको पहिलो लोकतान्त्रिक पार्टी नेपाली काग्रेसले हरेक राजनैतिक आन्दोलनको नेतृत्व गरेको हुँदा काग्रेससँग राम्रा कुरा सिक्दै सहकार्य गरेर आफुहरु अघि बढन तयार रहेको बताउँदै नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना प्रकट गर्नु भएको थियो ।
शिवसताक्षी नगर सभापति रामकुमार दाहालले स्वागत मन्तब्य राख्नु भर्को सो कार्यक्रमको संचालन क्षेत्रीय सचिव हरि ढकाल गर्नुभएको थियो ।







प्रतिक्रिया