खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

हेटौडा । कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गाैला र मधुमेह रोगबाट समेत…