काठमाडौं । भारतीय पूर्वसेना प्रमुखसमेत रहेका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको निधन भएको छ । बुधबार भारतको तमिलनाडुको कुन्नुर जंगलमा भएको सेनाको एमआई–१७ हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । भारतका रक्षामन्त्री राजनाथ सिंहले विलिंटनस्थित सेनाको हस्पिटलमा उपचारको क्रममा निधन भएको ट्विटमार्फत् जानकारी दिएका हुन् । मन्त्री सिंहले…