शिवसताक्षीका २३ सामुदायिक विद्यालयमा पूर्णकालिक प्रधानाध्यापक नियुक्त

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयमा पूर्णकालिक प्रधानाध्यापक नियुक्त गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी माध्यमिक तथा आधारभूत तहका २३ वटा सामुदायिक विद्यालयमा विद्यालय विकास प्रस्तावमार्फत छनोट भएका शिक्षकलाई पूर्णकालिक प्रधानाध्यापकको नियुक्तिपत्र प्रदान गरेको हो । विद्यालय विकास प्रस्ताव मूल्याङ्कन प्रक्रियाबाट उत्तीर्ण भएका शिक्षकलाई प्रधानाध्यापक पदमा पाँच वर्षे करार सम्झौतासहित नियुक्त…