काठमाडौं, १४ असोज । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित रहेको छ। वायुको प्रभावका कारण हाल देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने पहाडी तथा तराईका क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली…