झापा । झापाको मेचीनगरस्थित नन्दा पेट्रोल पम्पका कामदारलाई कुटपिट गरी घाइते बनाएर फरार रहेका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

गत असार १७ गते मेचीनगर नगरपालिका वडा नं. १० स्थित नन्दा पेट्रोल पम्पमा काम गर्ने कामदार, मेचीनगर वडा नं. ९ बस्ने ४३ वर्षीय धर्म प्रसाद ओलीलाई ४/५ जनाको समूहले सामान्य विषयमा भएको भनाइभटको कारण कुटपिट गरी घाइते बनाएर फरार भएको थियो। उक्त घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीले गत असार २९ गते जिल्ला मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ७ घर भई हाल जिल्ला झापा मेचीनगर वडा नं. ९ स्थित मुनाल सेक्युरिटीमा काम गर्ने अन्दाजी ३१ वर्षीय आशिष लिम्बूसमेत २ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। यसैगरी, गत असार ३० गते जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ४ घर भई हाल झापाको मेचीनगर वडा नं. ९ बस्ने पासाङ तेन्जिङ तामाङलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।








प्रतिक्रिया