मुख्य समाचार

काेशी ब्यारेजकाे २३ वटा ढाेका खाेलियाे

काेशी ब्यारेजकाे २३ वटा ढाेका खाेलियाे


इटहरी । सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ । खतराको सूचीपछि ब्यारेजका २३ वटा ढोका खुला गरिएको छ ।

आज बिहान ७ः१५ बजेको सूचना अनुसार, सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ८१ हजार ७ सय ७५ क्युसेक छ ।

ब्यारेज नियन्त्रण कक्षका अनुसार ब्यारेजमा जलसतह खतराको बिन्दुमा पुगेको र पानीको बहाव अझै तीव्र गतिमा बढ्दो क्रममा रहेको छ ।

पानीको सतह खतराको तहमा पुगेपछि स्थानीय प्रशासनले सुनसरी र सप्तरीका कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

शेयर गर्नुहोस :

0
Shares