मुख्य समाचार

लागुऔषधसहित २७ जना पक्राउ

लागुऔषधसहित २७ जना पक्राउ

Modern metal handcuffs. Vector illustration in flat style

काठमाडौँ, १० मङ्सिरः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट दश, सुनसरीबाट सात , झापा र बाराबाट छ, इलामबाट एक तनहुँबाट दुई र दाङबाट एक जनालाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित पदार्थ बरामद भएको छ । केही अभियुक्तहरूबाट नगद पनि बरामद भएको जनाइएको छ । उनीहरू मङ्गलबार र बुधबार पक्राउ परेका हुन् ।

शेयर गर्नुहोस :

27
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu