बिर्तामोड । झापाको बिर्तामोडस्थित भाटभटेनीको अण्डरग्राउण्ड पार्किङबाट पल्सर मोटरसाइकल चोरी भएको छ । गत चैत २५ गते किनमेलका लागि भाटभटेनी पुगेका अर्जुनधारा ६ का बबिन न्यौपानको मोटरसाइकल चोरी भएको हो । किनमेलका लागि पुगेका न्यौपानले ४ बजेर ७ मिनेटमा अण्डरग्राउण्ड पार्किङमा मोटरसाइकल राखेको जानकारी दिए । उनको मोटरसाइकल ४ः३२ बजे चोरी भएको सीसी क्यामेराको फुटेजमा…