तीर्थ तिम्सिना बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नं. १ ले कृषियोग्य क्षेत्रको माटो उपचार सुरु गरेको छ । माटोको अम्लीयपन बढी हुँदा खेती राम्रो नहुने र उत्पादन समेत घट्ने हुँदा माटो उपचार सुरु गरी कृषि चुनलाई प्राथमिकता दिइएको वडा कार्यालयले जनाएको छ । माटोमा अम्लियपना धेरै हुँदा खेती बाली नफस्टाउने र उत्पादन घट्ने समस्या देखिएपछि…