काठमाडौँ, १२ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले पार्टीका नेता तथा कार्यकर्तालाई बाढीपहिरोको उद्धारमा परिचालन हुन आग्रह गर्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गर्दै अस्वाभाविक रूपमा भएको वर्षापछि बाढी तथा पहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको भन्दै यस विपद्मा पार्टी कमिटी, जनप्रतिनिधि र जनवर्गीय सङ्गठनहरू समन्वयात्मक रूपमा परिचालन हुन…