काठमाडौँ, २ भदौः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा उहाँ आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो । यस भ्रमणका क्रममा उहाँका भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता हुने कार्यक्रम तय…