दमक । तिहार र छठ पर्वको अवसरमा दमक आदिवासी जनजाति साँस्कृतिक महोत्सव – २०८३ दमकमा शुरु भएको छ ।
आगामी मंसिर २ गतेसम्म दमकमा सञ्चालन हुने आदिवासी जनजाति महोत्सव दमक ७ स्थित सयपत्री टोल, राधाकृष्ण टोल र लालीगुराँस टोलको खुल्ला मैदानमा बुधबारदेखि शुरु भएको हो ।

नेपाल आदिवासी जनजाति महासघ दमक र राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ दमकले आयोजना गरेको आदिवासी जनजाति साँस्कृतिक महोत्सवमा लोकप्रिय कलाकारको साँगीतिक प्रस्तुति, सांस्कृतिक मेला, आइडल स्टारहरुको प्रस्तुति रहेको अध्यक्ष अमर कुमालले बताउनुभयो ।
महोत्सवमा सिद्धार्थ शर्मा, मिलन परियार, अस्मिता अधिकारी, एलिना चौहान र रचना रिमाल लगायतको आर्कषक प्रस्तुति रहेको आयोजक संस्था आदिवासी जनजाति महासंघ दमकको सचिव समुन्द्रा लामाले बताउनु भयो । बुधबार एक कार्यक्रमका बिच दमक नगर प्रमुख राम थापाले महोत्सवको उद्घाटन गर्नु भएको थियो ।
महोत्सवले आदिवासी जनजातिका कला, संस्कृति,भेषभुषाको संरक्षण साथै प्रवद्र्धन तथा स्थानीय पर्यटनको विकासमा महोत्सव सहयोगी हुने नगर प्रमुख थापा, उपप्रमुख रेगिना भटराई प्रसाईले जोडदिनु भएको संस्थाकी उपाध्यक्ष भगवती श्रेष्ठले जानकारी दिनु भयो ।







प्रतिक्रिया