दमक । झापाको दमक ३ स्थित आमचोकमा दमक नगरपालिकाले निशुल्क आँखा उपचार तथा मोतिविन्दुको शल्यक्रिया शिविर सम्पन्न गरेको छ ।
दमक नगरपालिकाले उत्तरी भेगका ज्येष्ठ नागरिकलाई लक्षित गरी दमक – ३ स्थित आमचोकमा रहेको नगर स्वास्थ्य केन्द्रमा निशुल्क आँखा उपचार तथा मोतिविन्दुको शल्यक्रिया शिविर सम्पन्न गरेको हो ।

सो शिविरमा विरामीको आँखा परीक्षण गर्दा २५ जना मोतीविन्दु पहिचान गरिएको नगरपालिकाको जनस्वास्थ्य अधिकृत अंकित पाठकले बताउनु भयो । शिविरमा ३ सय ६८ जनाको आँखा परीक्षण गरिएको नगर स्वास्थ्य केन्द्र दमक ३ ले जनाएको छ ।
शिविरमा २ सय ५ जनालाई चस्मा वितरण गरिएको थियो । विर्तामोड ३ स्थित सैनिकमोडमा रहेको मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न आँखा उपचार तथा मोतिविन्दुको शल्यक्रिया शिविरमा नेत्र अधिकृत कविता कार्कीको टोलीले विरामीको आँखा परीक्षण गरेको नगर स्वास्थ्य केन्द्र दमक ३ की कर्मचारी मन्जु नेपालले जानकारी दिनु भयो । मोती विन्दु पहिचान भएका विरामीको मेची आँखा अस्पतालमा लगेर आँखाको शल्यक्रिया गरिने छ ।







प्रतिक्रिया