राष्ट्रिय युवा संघमा राजिव पाहारीको ‘कमब्याक’

झापा । नेकपा एमालेको प्रभावशाली जनसंगठन राष्ट्रिय युवा संघमा राविज पहारीको ‘कमब्याक’ भएको छ । पार्टीको गत हप्ता सम्पन्न सचिवालय बैठकबाट राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष पहारीलाई इञ्चार्जको जिम्मेवारी दिएसँगै युवा नेतृत्वमा फर्काइएको हो । आज संगठनको केन्द्रीय कार्यालय बानेश्वरमा नयाँ इञ्चार्जको जिम्मेवारी प्राप्त गर्ने पहारीलाई स्वागत र यसअघिका इञ्चार्ज महेश बस्नेतको विदाई कार्यक्रम सम्पन्न…