सुशासन र अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गठबन्धन सरकारको प्राथमिकतामा सुशासन र अर्थतन्त्र सुधार रहेको बताउनुभएको छ । गृह जिल्ला लमजुङ आउनुभएका मन्त्री गुरुङले एमाले मध्यनेपाल नगर कमिटिद्वारा उहाँको सम्मानमा आज आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले यसअघि स्थिर सरकार नहुँदा विकासले अपेक्षाकृत गति लिन नसकेको टिप्पणी…