बिर्तामोड । झापाको बिर्तामोडस्थित शनिश्चरे रोडको टाटा सोरुमदेखि महानन्द चोकसम्मको मुख्य बाटो स्थानीयवासीहरूले अवरुद्ध गरेका छन् । मङ्गलबार बिहान ११ बजेर ३० मिनेटमा स्थानीयबासीले शनिश्चरे रोडको करिब ५ सय मिटर क्षेत्र भित्र बास लगायत विभिन्न बस्तुहरू राखेर सडक अवरुद्ध पारेका हुन् । सङ्घीय सरकार अन्तरगतको बजेटमा ठेक्का लागेको उक्त सडक पुन निर्माणको कार्य गर्न निर्माण…