अम्बिका भण्डारी झापा, २७ असार : “सुन्दर २२ सय २० दिनहरू स्वतन्त्रता र आत्मसम्मान खोसिएको जीवन बिताएकी छु । कोठाबाट बाहिर निस्कन नपाएका कैयौँ दिनहरू भोकै–प्यासै बिताएकी छु । छिनछिनमा रगतका फाल्सा उकेलेर शिथिल भएको शरीरलाई चिसो भुइँमा सुताएकी छु । मैले आमा गुहारेँ, सासू गुहारेँ, भगवान पुकारेँ, तैपनि स्वतन्त्रताको श्वास फेर्न पाइनँ । कतैबाट…