अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा मेलमिलापकर्ताहरुको लागि एड्भान्स लेखनसीप तालिम सञ्चालन गरिएको छ । शुक्रवारबाट सुरु भएको तालिम आइतबारसम्म सञ्चालन हुने छ । अर्जुनधारा नगरपालिकाको आयोजना तथा इजलास मिडिया प्रा.लिको सहजीकरणमा सञ्चालित एड्भान्स लेखनसीप तालिममा अधिवक्ता बसन्त नेपालले दुई दिन र कानुन अधिकृत आकृति निरौलाले अन्तिम दिन सहजीकरण गर्ने कार्यक्रम संयोजक प्रदीप परियारले जानकारी दिए…