धाइजन, १० असोज । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा अन्तरगत आज सदस्य सेवा केन्द्र दुहागढीको इकाइगत साधारण सभा सम्पन्न भएको छ । इकाइगत साधारणसभामा संस्थाका अध्यक्ष सुब्रत न्यौपानले वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति सदस्य लक्ष्मी देवानले लेखा समितिको प्रतिवेदन र ऋण उपसमिति संयोजक हेमराज मिश्रले…