रोहित काफ्ले भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुरमा मंगलबार बजार अनुगमन गरिएको छ । उपप्रमुख तथा अनुगमन समितिकी संयोजक राधा कार्कीको नेतृत्वमा खाद्य तथा किराना पसल र फलफूल पसलहरुमा अनुगमन गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका खाद्य अनुसन्धान अधिकृत संगीता शाह, गुणस्तर तथा नापतौल कार्यालयका विजयनन्द चौधर्री, कामिन राजवंशी, वडा…