चैतमा पाथीभरामा रु ७५ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ १ वैशाखः ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा रु ७५ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार चैतमा रु ७५ लाख सात हजार एक सय ५० भेटी सङ्कलन भएको छ ।…