सिम्रिकद्वारा अर्जुनधारामा पोशाक वितरण

बिर्तामोड । झापाको विर्तामोड नगरपालिका वडा नं.४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.ले अर्जुनधारा नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच सिम्रिकले अर्जुनधारा–४ मा रहेको श्री लक्ष्मी आधारभूत विद्यालयका ३२ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको हो ।…