बिर्तामोड । बिर्तामोड नगर खेलकूद विकास समितिको आयोजनामा भएको ‘नगर खेलकूद महोत्सव’ सम्पन्न भएको छ । माघ २६ गते देखि सुरु भएको दौड, निवन्ध लेखन, वादविवाद, चित्रकला, खेलकूद हाजिरि जवाफ, पोस्टर डिजाइनका प्रतियोगिताको फाइनल वीरअमरसिंह माविमा सम्पन्न भएको हो । विजेता हुनेहरुमा वादविवाद प्रतियोगिता तर्फ कृतिका आचार्य पहिलो (निधि मावि), एलिजा भट्टराई दोश्रो (निधि मावि)…