गौरीगञ्जमा लागूऔषध दुर्व्यसनविरुद्ध ७ दिने अभियान

गौरीगञ्ज । जिल्लामा लागूऔषधको कारोबार बढेपछि झापाको सीमावर्ती क्षेत्र गौरीगञ्जमा लागूऔषध दुर्व्यसनविरुद्धको अभियान सुरु गरिएको छ । गौरीगञ्ज गाउँपालिकाले लागू औषध दुर्व्यसनविरुद्धको ७ दिने अभियान आजदेखि सुरु गरेको हो । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले उक्त अभियानको शुभारम्भ गर्दै समाजमा लागू औषध दुर्व्यसनकै कारण अपराध जन्मिएकाले न्यूनीकरणमा सबै पक्षलाई गम्भीर बन्न अपिल गरेका छन्…