सशस्त्रको खुकुरी प्रहारबाट घाइते हुनेको बयान – ‘मासिक बुझाएरै वारीपारी भइरहेको छ’

बिर्तामोड । झापाको मेचीनगरमा सशस्त्र प्रहरी र नेपाल–भारत सामान ओेसारपसार गर्ने स्थानीयबीच आज साँझ भएको झडपमा घाइतेहरुको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । सुरुमा मनमोहन अस्पताल लगिएका घाइतेहरुको अहिले विएण्डसीमा उपचार भइरहेको छ । झडपको क्रममा सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट ६ जना स्थानीय घाइते भएका थिए । एक जनालाई ठुलो चोट लागेको छ ।…