टक्सार (भोजपुर), १८ पुस : जिल्ला स्तरीय प्रतियोगिताहरु समेत कम भइरहेको अवस्थामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिङलामा प्रदेश स्तरीय भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रदेशका पालिकाहरुले सहभागिता जनाउन पाउने गरी प्रतियोगिताको आयोजना हुने जिल्ला खेलकुद विकास समिति…