दोदा पुल : आठ वर्षमा तीन पिलर मात्रै ठडिए

बेदकोट (कञ्चनपुर), २७ मङ्सिर : कञ्चनपुरको लालझाडी गाउँपालिका-४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो । त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि…