जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ

फिक्कल (इलाम), २७ भदौ - इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मनुभएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मङ्गलबार इलामसहित देश नै शोकमग्न बन्यो । मङ्गलबारको अप्रिय खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधबार बिहानै नेम्वाङको जन्मघर पुग्नुभयो । नेम्वाङको छिमेकीसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “हिजो दिनभर घरमै बसे । आज बिहानै उठेर उहाँ जन्मिएको घरमा गएँ । ताल्चा लगाएको…