भद्रपुर । भद्रपुरबाट एकाएक गायब भएकी बालिका मृत अवस्थामा फेला परेको छ । भद्रपुर नगरपालिका- ९ प्रकाशपुर निवासी सोमनाथ सिग्देलकी ३ वर्षीया छोरी निर्जला मृत अवस्थामा फेला परेको स्थानीय पत्रकार वीरेन्द्र न्यौपानेले जानकारी दिए । उनको शव घरदेखि ५०० मिटर दक्षिणतर्फको पक्की नालामा डुबेको अवस्थामा फेला परेको हो । घर नजिकै रहेको केदारेश्वर शिवालय मन्दिर…