एउटै व्यक्तिको पित्तथैली र मूत्रनलीमा ५५ वटा पत्थरीे

झापा । झापाको एक बिरामीको उपचारको क्रममा पित्तथैली र मूत्रनलीबाट शल्यक्रियामार्फत ५५ वटा पत्थरी निकालिएको छ । दक्षिण झापाको कचनकबल गाउँपालिका वडा नं. ६ की ५४ वर्षीया सुमित्रा साहको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारको क्रममा ५५ वटा पत्थरी एकैपटकमा बाहिर निकालिएको हो । अस्पतालका निर्देशक बालकुमार पोखरेलका अनुसार पेटभित्र असह्य दुखाई बढेपछि उपचारका लागि साहलाई…