झापा । झापास्थित कमल गाउँपालिकामा रहेको बारुणयन्त्र एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । बारुणयन्त्रका चालक मदन निरौलाले पाँच वर्षदेखि एक्लैे सेवा दिँदै आउनुभएको छ । आगजनी नियन्त्रणमा खटिँदै आउनुभएका उहाँ चालकको कामका साथै अग्नी नियन्त्रकका रुपमा समेत खटिदै आउनुपर्ने बाध्यता छ । उहाँ भन्नुहुन्छ “अग्नी नियन्त्रकका रुपमा काम गर्दै आएको छु ।…