धनकुटा - पाँचौँ प्रादेशिक औधोगिक ब्यापार तथा कृषि मेला एवम् धनकुटा महोत्सव आजबाट शुरु भएको छ । महोत्सवको भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले आज यहाँ उद्घाटन गर्दै धनकुटाको गरिबी दर घटाउन आफ्नो महत्वपूर्ण भूमिका रहने बताउनुभयो । गएको वर्षमा धनकुटाको गरिबी घटाउन र जनताका आयश्रोत बढाउन लागिपरेको उहाँको भनाइ थियो ।…