झापाबाट निर्वाचित देवराज घिमिरे सभामुखमा निर्वाचित

झापा । प्रतिनिधिसभाको सभामुख पदमा झापा क्षेत्र नं. २ बाट निर्वाचित सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १००  मत पर्‍यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे । घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा…