काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले सोमबार संघीय संसद् सचिवालयलाई पत्र पठाएर पुस २६ गते विश्वासको मत लिने बताएका छन्। त्यसका लागि आवश्यक तयारी गर्न संसद् सचिवालयलाई आग्रह गरेका छन् । प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नआएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस…