बिर्तामोड । इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा चेतनाथ पौडेल (कृष्ण) निर्वाचित भएका छन् । आइतवार राती सम्पन्न मतगणना अनुसार ३६४ मत प्राप्त गर्दै संघको अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिष्पर्धी इश्वर चिपालुले २०८ मत प्राप्त गर्न सफल भएका थिए । यस्तै, वरिष्ठ उपाध्यक्षमा दिपेश श्रेष्ठ, उद्योग उपाध्यक्षमा श्री विष्ट, वाणिज्य उपाध्यमा बालकुमार श्रेष्ठ,…