मेचीनगर । नेपाल सरकारको एक टोली जंगली हात्तीबाट प्रभावित क्षेत्रको अध्ययनमा निस्किएको छ । नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालयको टोली अध्ययान अनुसन्धानका लागि मेचीनगर आइपुगेको हो । बिहीबार मेचीनगर नगर प्रमुखको सभाहलमा हात्ती आतङ्क प्रभावित बासिन्दाको छलफलमा बाहुनडाँगी, मागुरमाडी, थोप्लेविराम क्षेत्र, दुवागढी, धाइजनलगयाग मेचीनगर हात्ती आतङ्कबाट अत्यन्त प्रभावित क्षेत्रमा पर्ने भएकाले दिगो समाधानका बिषयमा…