काठमाडौं । मुलुक संघीय संरचनामा गएपछि नेपाली कांग्रेस आज (बिहीबार) पहिलोपल्ट प्रदेश अधिवेशन गर्दैछ ।सत्तारूढ दल कांग्रेसले आफ्नो १४औं महाधिवेशनअन्तर्गत आज सातै प्रदेशमा प्रदेशस्तरीय अधिवेशन गर्ने भएको हो । सात प्रदेशका अधिवेशन प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आज दिउँसो २ बजे…