आइतवारसम्मको मौसम पूर्वानुमान

मौसम विश्लेषण (Meteorological Analysis) हाल  देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली (Westerly Trough) र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र (Low Pressure System) को प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status) सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमति  प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली  रहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८ मंसिर १७ गते (शुक्रबार) दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का देखि…