सिरिजङ्घामा निःशुल्क माटो परीक्षण

ताप्लेजुङ - माटो परीक्षणका लागि गाउँबाहिर पठाउनुपर्ने कृषकको बाध्यता अब भने हट्ने भएको छ । अबदेखि स्थानीय तहमै माटो परीक्षण हुने भएको छ । यसका लागि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले माटो परीक्षण प्रयोगशाला स्थापना गरेको छ । आफ्नै लगानीमा प्रयोगशाला स्थापना गरे माटो परीक्षणको व्यवस्था गर्न लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार भूगोल र हावापानी…