सरकारले वित्तीय संकट निम्त्यायो : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सरकारको गैरजिम्मेवार व्यवहारका कारण वित्तीय संकटको परिस्थिति सिर्जना भएको जनाएको छ । बजेट पारित गर्नतिर नभई सरकार सत्ता स्वार्थमा अल्मलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट देखिएको एमाले महासचिव ईश्वर पोखरेलले बुधबार निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ । सरकारले बजेटको विषयमा उदासीन र गैरजिम्मेवार चरित्र देखाएको एमालेले जनाएको छ ।…