मोरङ - नेपालको संविधान जारी भएपछि नागरिकले आआफ्ना घरआँगनमा सिंहदरबार आएको अनुभूति गरेका छन् । संविधानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थापछि निर्मित तीन तहका सरकारमध्ये स्थानीय सरकारबाट सुविधा प्राप्त भएपछि जनता खुशी छन् । संविधानअनुरुप निर्माण भएको प्रदेश नं १ का १४ जिल्लामा १३७ स्थानीय तहअन्तर्गत महानगरपालिका एक, उपमहानगरपालिका दुई, नगरपालिका ४६ र गाउँपालिका…