थप १८०१ जनामा कोरोना पुष्टि, २३ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १२२३ र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि भएको हो ।  आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ६७ हजार १०९ र एन्टिजेनबाट ४८ हजार ९४० जना पुगेको…