काठमाडौं– नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले चुनावअघि नै नागरिकलाई खोपको प्रबन्ध मिलाइने जानकारी दिनुभएको छ । शुक्रबार दिउँसो स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले चुनावअघि सबै नागरिकलाई खोप लगाइने बताउनुभयो । मन्त्री श्रेष्ठले शुक्रबार नै वन तथा वातावरण मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएको छ । उहाँले बाढीप्रभावित क्षेत्रका बासिन्दालाई…