अवरुद्ध टेलिकमको सेवा खुल्यो

काठमाडौं । नेपाल टेलिकमका टेलिफोन सेवामा आज विहान तीन घण्टा अबरुद्ध हुँदा उपभोक्ता समस्यामा परेका छन् । विहान ६:३० बाट सिस्टममा समस्या भएकाले नेपाल टेलिकममा फोन सेवा अवरुद्ध भएको र अहिले सेवा सूचारु भएको नेपाल टेलिकमका सम्पर्क अधिकारी तिलक शर्माले बताउनुभयो ।उहाँले भ्वाइस सर्भिसमा समस्या आए पनि इन्टरनेट लगायतका सेवा सूचारु रहेको बताउनुभयो ।