(काँकडभिट्टा) — भारत तथा तेस्रो देशबाट आएकाहरु क्वारेन्टाइनमा बस्नै नमान्ने गरेको पाइएको छ । मेचीनगर १३ को धाइजनमा रहेको क्वारेन्टाइनमा स्थानीय सरकारले भारतबाट आएका १९ जनालाई राखेको थियो । जसमध्ये ७ जनाले बुधबार नै क्वारेन्टाइन छाडेर गए । मेचीनगरको कार्यपालिका सदस्य टीकाराम मंग्रातीले सेल्फ क्वारेन्टाइनमा बस्ने सहमतिमा उनीहरुलाई छाडिएको बताए । क्वारेन्टाइनमा रहेका मेचीनगर ३…