बिर्तामोडको सिकाई उपलब्धी सुधार अभियान २०८१ को समीक्षासँगै नयाँ योजना सार्वजनिक

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ’सिकाइ उपलब्धि सुधार अभियान– २०८१’ को प्रगति समीक्षा तथा शैक्षिक सत्र २०८२ का लागि कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा शिक्षाको गुणस्तर सुधारका लागि आगामी योजना र प्रतिबद्धताहरू तय गरिएका छन् । लक्ष्य हासिल र चुनौतीः कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सिकाइलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड…