जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइने

काठमाडौँ - सरकारले हरेक वर्षको जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउने भएको  छ । सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा उक्त कुरा उल्लेख छ । उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, “राष्ट्रिय जीवनका सबै क्षेत्रमा महिलाको भूमिका प्रभावकारी बनाइनेछ, लैङ्गिक…