बिर्तामोडमा ५० जनालाई लोकसेवा तालिम

बिर्तामोड, १६ जेठ - बिर्तामोड नगरपालिकाले आयोजना गरेको लोक सेवा तयारी कक्षा तालिम सम्पन्न भएको छ । विपन्न, दलित जनजाति तथा आदिवासीहरुको लागि नि:शुल्करुपमा सञ्चालन गरिएको ४५ दिने तालिम आज सम्पन्न भएको हो । नगरपालिकाको सभाहलमा आयोजित तालिम समापन कार्यक्रममा नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले तालिममा सहभागीहरुलाइ लोकसेवा तयारी पुस्तक वितरण गर्नु भयो ।…