भद्रपुर - यहाँको बुद्धशान्ति गाउँपालिका–३, सयपत्री टोलका ३९ वर्षीय रोशन जिमीको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिमीलाई आज साँझ ७ बजे घर नजिकै रहेको आफ्नै खेतमा रोपाइँका लागि पानी तान्ने क्रममा मोटर सेट जडान गर्दै गर्दा अचानक करेन्ट लागेको थियो । स्थानीयवासीले गम्भीर घाइते उनलाई तुरुन्तै उपचारका लागि…